
२७ असोज, सुर्खेत ।
बौद्ध यातायात व्यवासायी संघ सुर्खेतको १०औं साधारण सभा तथा चौथौ अधिवेशले सर्वसम्मत कमल गुरुङ्गलाई अध्यक्षमा चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा भिमकुमार खत्री “राहुल”, सचिवमा राजकुमार खड्का, कोषाध्यक्षमा प्रेमबहादुर महतरा, सहसचिवमा दुर्गाबहादुर बुढा,तथा सदस्यहरुमा प्रेम बुढा, भिमबहादुर बुढा, चिरञ्जीवी बुढा र देवबहादुर रोकायलाई चयन गरेको छ ।
अधिवेशनका प्रमुख अतिथी कर्णाली प्रदेश संयूक्त यातायात व्यावसाय समन्वय समितिका अध्यक्ष प्रकाश अधिकारीले अन्य क्षेत्रमा जस्तै यातायात क्षेत्रमा पनि खुट्टा तान्ने प्रवृति रहेकोले यातायात क्षेत्र पनि एकजुट हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यावसायी संघका पूर्व केन्द्रिय सदस्य रमेशकुमार थानी, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशनका केन्द्रिय उपाध्यक्ष नवराज गुरुङ्ग लगाएतले नवगठित समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
Milan Shrestha । २७ आश्विन २०७५, शनिबार १६:०५ बजे