मौसमी उपकरण जडान क्षेत्र रातानाङ्गालामा वृक्षारोपण


सुर्खेत : सुखेतको रातानाङ्गालामा निर्माण हुन लागेको मौसमी उपकरण (राडार) केन्द्र आसपासमा वृक्षारोपण गरिएको छ । जल तथा मौसम विज्ञापन विभागले सुर्खेत–दैलेख जिल्लाको सीमानामा निर्माण हुन लागेको मौसम सम्वन्धी पूर्वानुमान थाहा हुने उपकरण (राडार) स्थलमा केही रुख काटिएकाले कार्यालयले वृक्षारोपण गरेको हो ।

radar-2

विभागको वन तथा भू–संरक्षण मन्त्रालयसंग भएको सम्झौता अनुसार मध्यपश्चिम तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय वृक्षारोपण छ । जिल्ला वन कार्यालय सुर्खेतको प्राविधिक सहयोगमा करिव १६ विरुवा निर्माण स्थलमा वृक्षारोपण गरिएको मध्यपश्चिम तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन खड्काले जानकारी दिए ।साभारः पश्चिमनेपाल ।