माओवादी कार्यालय कब्जा गरेर बसेका पूर्वलडाकूलाई प्रहरीले हटायो


maobadi-ladaku२३ कात्तिक, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिशडाँडामा धर्नामा बसेका पूर्व लडाकुहरुलाई प्रहरीले हटाएको छ ।

सोमबार दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटममा ताला लगाएर धर्नामा बसेका थिए ।  बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

राज्यले आफूहरुमाथि लगाएको अयोग्यको बिल्ला हटाउनुपर्ने, आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गरिनुपर्ने र जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । पार्टी कार्यालय घेराउ गर्न बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकु पेरिसडाँडामा बसेका थिए ।

सेना सममायेजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौजनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो ।

साभारः अनलाइन खबर