असोज ३०, दार्चुला ।
महेन्द्रनगरदेखि दार्चुला हिँडेको ना ५ ख ८११७ न को पवनदूत यातायातको बस दुर्घटनामा परेको छ। मंगलबार बिहान ५ बजे बैतडीको बाङ्गा बगड्मा बस दुर्घटना हुँदा ५ जना घाइते भएको बैतडीका प्रहरी उपरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
बस दुर्घटनाको कारण खुलेको छैन। बस चालक प्रहरी नियन्त्रणमा छन् भने घाइतेहरूको उपचार दार्चुलाको गोकुलेश्वरमा अस्पतालमा भइरहेको छ।
विस्तृत जानकारी आउन बाँकी छ। अन्नपूर्णपोष्टबाट



Milan Shrestha । ३० आश्विन २०७५, मंगलवार ०८:५२ बजे