
माघ ५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीङ् पिङले अल्पविकसित पूर्वाधार विकास परियोजनाको लागि ५० विलियन डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । एसियाली पूर्वाधार लगानी बैङ्क(एआइआइबी)को उद्घाटन समारोहमा उनले अल्पविकसित मुलुकहरुलार्य परियोजना छनोट गर्न समेत आग्रह गरेका छन् ।
पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएको एआइआइबीको अधिकृत पूँजी १ सय अर्ब डलर रहेको छ । उक्त बैङ्कको तत्कालका लागि जारी पूँजी २० अर्ब डलर रहेको छ । यो बैङ्कको १० लाख कित्ता शेयर रहेकोमा सबैभन्दा बढी २ लाख ९८ हजार ८ सय ४ कित्ता शेयर चीन एक्लैको रहेको छ । सो बैङ्कमा नेपालको ८ सय ९ कित्ता शेयर रहेको छ । नेपालले १० वर्षमा प्रतिवर्ष रू.१६ करोडको (१६ लाख अमेरिकी डलर)का दरले भुक्तानी गर्ने सुविधा पाएको छ ।
अर्थमन्त्री पौडेलले नेपाललाई सन् २०२२ सम्ममा विकासशिल राष्ट्र र सन् २०३० सम्म मध्य आए भएको मुलुकमा पु¥याउनका लागि बैङ्कको सहयोगी भूमिका हुने धारणा राखेको बताएका छन् । बैङ्क उद्घाटनमा सम्बोधन गर्दै उनले कमजोर पूर्वाधारलाई माथि उठाउनका लागि बैङ्कको स्थापना महत्वपूर्ण हुने बताए ।
अन्य बहुपक्षीय संस्थाभन्दा एआइआइबी बैङ्क मौलिक ढङ्गबाट अगाडि बढ्ने अपेक्षा सदस्य राष्ट्रहरुले गरेका छन् । उद्घाटन सत्रलार्ई सम्बोधन गर्दै बैङ्कको बोर्ड अफ गभर्नरको बैठकले ९ जना एसिया तथा प्रशान्त क्षेत्रका र तीन जना गैर एसिया क्षेत्रका गरी १२ जनाको बोर्ड अफ डाईरेक्टरको निर्वाचन गरेको र त्यसमा नेपाल निर्वाचित भएको छ ।
साभारः अभियान दैनिक
Milan Shrestha । ५ माघ २०७२, मंगलवार १५:३७ बजे