
२६ मंसीर, जाजरकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समय तालिका सहित ७ दिनभित्र आफ्नो कार्यालयमा कार्य सूची पेश गर्न प्रदेश मातहतका जाजरकोटमा रहेका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
जाजरकोटमा आज सम्पन्न सरकारी कार्यालयहरुका कार्य समिक्षा गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिनुभएको हो ।
अब यो आर्थिक बर्ष सकिन अब जम्मा २ सय १९ दिन बाँकी छ, यती बाँकी छ भनेर तपाईहरु चुपचाप नबस्नुस, अब यती सयम भित्री यो काम गर्छु भनेर योजना बनाउनुस, दिन विताउनकालागि कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाएर नबस्नुस काम गर्नुस । मुख्यमन्त्री शाहीले भन्नुभयो ।
“विहानको सुर्यदय अनी बेलुकाको सुर्यास्त हेर्ने मात्र होइन । सरकारले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नेछ भने काम नगर्ने कर्मचारीलाई कारवाही गर्नेछ ।” मुख्यमन्त्री शाहीले भन्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले कार्यालय प्रमुखहरुलाई सानातिना टुक्रे योजनाहरुमा नअल्झिन निर्देशन दिँदै भन्नुभयो । टुक्रे योजनाहरुलाई प्राथमिकतालाई नदिई जनतालाई चाहिएको महत्वपूर्ण ठूलो र प्रभावकारी योजनाहरु बनाउनुस, बजेट छैन् भनेर डराएर चिन्ता नमान्नुस बजेट हामी संग खर्च गर्न नसक्ने गरि छ, हामीसंग भएको बजेटलाई सही सदुपयोग गरि राम्रो खालको योजनाहरु बनाउनुस । सही र सकारात्मक कामकालागि कर्णाली प्रदेश सरकार हरदम तयार छ ।



Milan Shrestha । २६ मंसिर २०७६, बिहीबार १९:५२ बजे