चंगा महोत्सव


आश्विन ३०, जुम्ला

दसैंको अवसरमा सदरमुकाम खंलगामा चंगा महोत्सव गरिएको छ  । रमाइलो र चन्दननाथ भैरवनाथ मन्दिरको प्रचारका लागि चंगा महोत्सव आयोजना गरिएको काञ्जिरोवा टाइम्सले जनाएको छ  ।

जिल्लाको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको छतमा गरिएको चंगा महोत्सवमा स्थानीय बालबालिका, किशोरकिशोरी र युवायुवतीले भाग लिएका थिए । दसैंलाई रमाइलो बनाउन चंगा महोत्सव गरिएको काञ्जिरोवा टाइम्सका सम्पादक महेश नेपालीले बताए । ‘कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटनको केन्द्र चन्दननाथ भैरवनाथ मन्दिर छेउबाट चंगा उडाएर महोत्सवको सुरुवात गर्ने गरिएको छ,’ उनले भने, ‘गत वर्षदेखि हामीले महोत्सव थालेका छौं ।’ दसैंतिहारमा पिङ खेल्ने र चंगा उडाउनुलाई विशेष मानिने भएकाले महोत्सव गरिएको उनले बताए ।

सामूहिक रूपमा चंगा उडाएर मनोरञ्जन प्रदान गर्न महोत्सव महत्त्वपूर्ण मानिएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । महोत्सवमा झन्डै एक सयले भाग लिएका थिए । त्यस अवसरमा स्थानीय सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

चंगा महोत्सवमा खुलातर्फ पूर्णप्रसाद श्रेष्ठ प्रथम, रवीन्द्र शाही द्वितीय र यमराज कार्की तृतीय भए । त्यस्तै जुनियरतर्फ अनुराग जीसी पहिलो, प्रितम अधिकारी दोस्रो र गणेश देवकोटा तेस्रो भएको आयोजकले जनाएको छ । कान्तिपुरबाट