
१ साउन । सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक समूहले आज वीरेन्द्रनगर ९ लाटीकोइली स्थित ऐतिहासिक शिव मन्दिरको सरसफाई गरेको छ ।
श्रावण महिनामा शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको विषेश उपस्थिती रहेने हुनाले समय सन्दर्भ मिलाएर सामाजिक उत्तरदायित्व वहन गर्नकालागि मन्दिर सरसफाई गरिएको प्रहरी निरिक्षक रेशम बोहराले बताउनुभयो ।
सरसफाई कार्यक्रममा ९ नं. वडा कार्यालयका अध्यक्ष सुरेश मानन्धर, वडा सदस्यहरु जीवन शर्मा र सुनिता लामा तथा स्थानीय युवाहरुको उपस्थित रहेको थियो ।



Prawash Kumar Shakya । १ श्रावण २०७४, आईतवार ०३:४८ बजे