समाज रुपान्तरणमा यूवाको भुमिका अपरिहार्य छ -अध्यक्ष बम


२५ फागुन ,कालिकोट

 समाजको रुपान्तरण गर्नेहो भने यूवा बिना सम्भव नभएको पलाँता गाउँ पालीकाका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भएको छ ।  कुनै पनि बिकास निर्माण देखि लिएर समाजमा सकारात्मक सचेतनाका कुराहरुको कल्पना गर्नु छ भने परिवर्तनका सम्वाहक यूवाहरुलाइ जिम्मा दिनेहो भने इमान्दारी पुर्वक जिम्मेवारी बहन गर्न सक्ने कुरा ठोकुवा गर्नु भएको छ ।  । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे अपरिहार्य रहेको कुरा पनि बताउनु भएको छ  ।

 कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बमले  बिकासका सम्वाहक भबिश्यका कर्णधार यूवाहरुलाइ तिनै तहका सरकरले उचित रुपमा पर्योग गर्न सक्नेहो भने सोचे भन्दा राम्रो परणाम निकालनका लागी यूवाहरुले आफुमा भएको कला र कौशल प्रयोग गरी लागी पर्ने कुरालाइ जोड दिदै सबैले यूवा लक्षित कार्यक्रमहरुमा जोड दिन आग्रह गर्नु भयो ।

 सोही कार्यक्रममा अर्का अतिथी तला कर्णाली बहुमुखि क्यामपसका स्वबियु सभापती भिम प्रसाद आचार्यले  युवा बिना राष्ट्र निर्माण सम्भावना छैन, जस्तै देशकै पछाडि परेको जिल्ला जिल्ला कै पलाँता जस्लाई हामी विकट र अति पछाडि परेको क्षेत्र जस्को नेतृत्व युवाको हातमा आउदा कार्यकालको आदा समयमै देशकै नमुना गाउँपालिका भनेको छ हरेक क्षेत्रमा युवाको जिम्मा र युवाले जिम्मेवारी लिनुपर्ने भएको ले युवालाई रोजगार ,उद्यमी ,र व्यावसायिक तालिम लगाएको क्षेत्रमा अगाडि बडाउनुपर्छ भन्नु भएको थियो ।

आजै कालीकोट जिल्लामा एक कार्यक्रमका बिच नेपाल यूवा परिषदले हिक्मत सिंहको अध्यक्ष,लक्ष्मी मल्ला शाही उपाध्यक्ष,टिका राज उपाध्याय महासचिव,खगेन्द्र मल्ल सचि लगाएत १३ सदसीय जिल्ला कार्य सिमिती गठन गरेको छ ।

नेपाल युवा परिषदले आयोजना गरेको कार्यक्रमको सभापतित्व ममता अधिकारीले गर्नु भएको थियो ।