९७ हजार घुससहित सुर्खेतमा सव इन्जिनियर रंगे हात प्रक्राउ


सुर्खेत, ५ साउन । सुर्खेतमा एक जना कर्मचारी घुस लिदा लिदै रंगे हात प्रक्राउ परेका छन । क्षेत्रीय सिचाई निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादवलाई अख्तियारको टोलीले ९७ हजार रुपैया घुससहित रंगेहात प्रक्राउ गरेको हो ।

साविकको घुमखहरे गाविस ८ र अहिलेको सुभाघाट गंगामाला नगरपालिका ३ मा रहेको खरायोचौर सिचाई आयोजनाका सेवाग्राहीसगँ घुस लिदै गर्दा यादव प्रक्राउ परेको अख्तियारले जनाएको छ ।

निर्माण सम्पन्न भई विल फरफारक गरी चेक भुक्तानी दिने वेला विभिन्न बाहाना वनाएर ९७ हजार घुस लिदै गर्दा यादव प्रक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । यादव माथी अहिले थप अनुसन्धान चलिरहेको अख्तियारका प्रवक्ता जंगबहादुर डाँगीले वताउनु भयो ।

साभारः राराखबर अनलाइन