कर्णालीमा सहकारी नमुना गाँउ निमार्ण गर्न रु १० करोड विनियोजन- मन्त्री के.सी.



१७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीको माध्यमवाट कर्णालीको गरिवी अन्त्य गरिने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सिद्धार्थ सहकारी संस्थाको १७ औ साधारण सभाको उद्दघाटन कार्यक्रममा मन्त्री केसीले कर्णालीको गरिवी सहकारीका माध्यमवाट अन्त्य गरिने बताउनु भएको हो ।
कर्णालीको गरिवी अन्त्य गर्न सरकारले नमुनाका रुपमा एक जिल्लाको एक स्थानिय तहमा सहकारी नमुना गाँउ निमार्ण गर्न रु १० करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।

सहकारीका माध्यमवाट कर्णालीको समृद्धी सम्भव रहेकोले कर्णालीका सहकारीहरुले गरिवी अन्त्यका लागी ग्रामिण इलाकामा रोजगारमुलक कार्यक्रम संचालन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो “कर्णालीको गरिवी हटाउन सहकारी अभियान संचालन गर्नुपर्छ, सहकारीको जगमा कर्णालीको आर्थिक रुपान्तरणको वाटो अगाडी बढछ् । समाजमा काम गर्नेलाई प्रोत्साहन नहुने भएकोले कर्णाली प्रदेश सरकारले प्रदेशलाई आर्गनिक प्रदेश बनाउनकालागि अब देखि किसानलाई प्रोत्साहन गर्न उत्पादक नायक र नायिका घोषणा गरिने बताउनुभयो ।

कार्यक्रममा मन्त्री केसीले कर्णाली प्रदेशका सहकारीहरुले आर्थिक, सामजिक विकासका लागी सहकारी अभियान संचालन गरि जनचेतनामुलक कार्यक्रम अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो ।