देउडा गीत


मोहन धमाला (कल्पित)

राम्नाकोट्को पचाल्झरना, रसिलो रास्कोट
आफ्नैलाई बिरानो बनाई, भाग्य रैछ खोट

सिप्खानाका पञ्चदेवल, स्यूना शिवनाथ
नेता आफ्नै भुडि भर्दा, कोही दिनेनाई साथ

दुधेसिल्लो, कालासिल्लो, खोलिको बगाने
झन् राम्रो देउराको मन्दिर, हेरि न अगाने

बाहुनथान् मालिका माता, देउरा बर्जेस्वरी
छोरा नभई हुन्न भन्दा, हेपिने भइन् छोरी

मुम्राका महादेव् चउर, सान्नि बड्डामाडु
छन् सब् यूवा बेरोज्गारी, कैखन क्या पाडु

लुसा, लालु, लोखाडाका, बैरि राम्रा पाट्न
सरकारले हेरबिचार गरेस्, दुख, पीडा काट्न