
मिलन श्रेष्ठ ।
सुर्खेत, १ मंसिर । सबैको लागि सधैको लागि सुरक्षा भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना भएको वीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड शाखा सुर्खेतले शनिवार(आज) वीरेन्द्रनगमा एक कार्यक्रमको आयोजना गरी अभिकर्ता सम्मान सहित १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत एवंम् विशिष्ठ अतिथी होमबहादुर श्रेष्ठले अन्तरक्रियामा सहजीकरण गर्दे यस आर्थिक बर्षमा कम्पनीले २ अर्ब भन्दा बढिको व्यवसाय लक्ष्यका लागी नयां कार्य रणनिती सहित कम्पनी बजारमा आएको जानकारी दिनु भयो, श्रेष्ठले आफ्नो प्रस्तुतिकरणमा नेपाल अधिराज्य भरी एशियन लाईफ इन्स्योरेन्सका ७४ हजार भन्दा अभिकर्ता रहेका साथै हालै मात्र कम्पनीले अन्य वीमा कम्पनीहरुको भन्दा बढी १९ वटा उत्पादनहरु बजारमा ल्याईसकेकोले अब वीमितहरुको चाहाना बमोजिम र उहांहरुको इच्छा अनुशार रोजी–रोजी ढुक्क संग वीमा गर्न सकिने बताउनु भयो ।

यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले वीमाको इतिहासमा हाल सम्म कुनै पनि वीमा कम्पनीहरु घाटामा गएको एक वीमा कम्पनी संग अर्काे वीमा कम्पनी मर्ज नभएको इतिहास नभएको बताउनु भयो । श्रेष्ठले वीमा क्षेत्रले नेपाल सरकारलाई ठुलो मद्धत गरेकोमा जोड दिनु भयो, उहांका अनुशार वीमा कम्पनीहरुले आर्थिक क्षेत्रमा सहयोग गर्नुका साथै लाखौं बेरोजगार नेपालीहरुलाई रोजगारीको सृजना गरी आर्थिक भारमा कम ल्यायो छ । यसै गरी कार्यकारी अधिकृत श्रेष्ठले अन्तरिक्रया कार्यक्रममा बोल्दै एशियन लाईफ इन्स्योरेन्स कम्पनीको उद्धेश्य वीमा गर्नु मात्र नभई समयमा नै वीमीतहरुको आगनमा गई वीमा रकम भुक्तानी दिनु पनि हो ।

कम्पनीका सहायक महाप्रवन्धक एवंम् कर्णाली प्रदेश प्रमुख बिजय पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि सिनिएर बिजनेश म्यानेजरहरु प्रवेशमान मानन्धर, भुपेन्द्रबहादुर शाही, बमबहादुर विसी, लोकप्रसाद ढकाल र जयप्रकाश बराल लगाएतको उपस्थित रहेको कार्यक्रममा बरिष्ठ अधिकृत पारसमणी खनालले स्वागत मन्तव्य गर्नु भएको थियो भने बरिष्ठ सहायक निर्मला सुवेदी पाठकले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

अभिकर्ता सम्मानित कार्यक्रममा कम्पनीका उल्लेखनिय योगदानको पुर्याए वापत बमबहादुर वि.सी यसै गरी आर्थिक बर्ष २०७५–२०७६ सालको त्रैमासिक रुपमा उत्कृष्ट व्यवसाय दिने कविराज कडेंल, धिरेन्द्र सापकोटा, तुलबहादुर बरालमगरका साथै सिनियर बिजनेश म्यानेजरहरु मिलन श्रेष्ठ, कोपिला थापा घर्तिमगर, पदमाकुमारी थापा, राजकुमारी कार्की, शिब प्रकाश आचार्य, खड्कबहादुर चन्द, शुभाष श्रेष्ठ, केशवबहादुर शाही, कमलाकुमारी तिवारी, दलबहादुर गुरुड., तिलकराम अधिारी, राजन रजवारलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मानित गरिएको थियो ।

यसै गरी कम्पनीका बिजनेश म्यानेजरहरु लक्ष्मीप्रसाद जैसी, सरिता बि.क. कृष्णाकुमारी रोकाय, सीताकुमारी शर्मा, बसन्तकुमार बिश्वकर्मा, पूर्णबहादुर कार्की, गोबिन्दबहादुर बानिया, राजकुमारी विसी, सदानन्द जैसी, कोकिलाकुमारी विसी र गोमा बस्नेतलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रममा शाखा सुर्खेतका धरोहरका रुपमा रहनु भएका सिनिय बिजनेश म्यानेजर, रिजनल क्लब सदस्य, बिजनेश म्यानेजहरु प्रवेशमान मानन्धर, भुपेन्द्रबहादुर शाही, लोकप्रसाद ढकाल, जयप्रकाश बराल र बमबहादुर विसी र अभिकर्ताहरु बालकृष्ण श्रेष्ठ, कल्पना कार्की, दुर्गाकुमारी थापा, छत्र धमला, टोपबहादुर वुढा, वसन्तराज गौतम, उदयनाथ योगी, चन्द्र राना, लम्मीकुमारी भुसाल र जमुना रावललाई सम्मानित गरिएको थियो ।





Milan Shrestha । १ मंसिर २०७५, शनिबार ०८:२७ बजे