देउती बज्यै मन्दिरमाः पञ्चवलि सहित क्षमा पुजा


मिलन श्रेष्ठ
सुर्खेत, २४ चैत ।

यहि आगामी बैशाख ७ गते देखि १९ गते सम्म सुर्खेत जिल्लाको एक मात्र धार्मिक एवंम् ऐतिहासिक बोकेको गंगामाला देउती बज्यै मन्दिरमा संचालन हुन गईरहेको देउती बज्यै विराट धनधान्याञ्चल महायज्ञ २०७५ आयोजना पूर्व शनिवार (आज) देउती बज्यै मन्दिरमा पञ्चवली सहितको क्षमा पुजा गरिएको छ। व्यवस्थापन आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले, देउती बज्यै परिसरलाई आगामी ५ वर्षभित्र व्यवस्थित बनाउने योजनाका साथ कार्य थालनि गर्नु अघि देउती बज्यै मन्दिरमा रहेका पुराना सम्पदाहरु व्यवस्थित गर्दै लेजानुपर्ने भएको हुदा उक्त कार्यको थालनी गर्नु पूर्व दुष्ट आत्माहरुले कुनै पनि कार्यमा वाधा–व्यवधान नगरुन भन्नका लागी क्षमा पुजाको आयोजना गरिएको बताए ।


यसैगरी आयोजक समितीका सदस्य रमेशकुमार पाण्डे बैशाख ७ गते देखि शुरुहुने महायज्ञमा देउघाटबा पाल्नु भएका संकल्पकर्ता सविन सिवाकाटी मुख्य वाचक भएका कारण सम्पूर्ण धर्मावलम्बिहरुलाई पाल्नका लागी निम्ता समेत गरेका छन् ।