विकास र तालिम कागजमा मात्र सिमित हुनु हुदैन अध्यक्षः खत्री



मिलन श्रेष्ठ
मंसिर, ३ सुर्खेत ।
विकास र परिवर्तनशिल कार्यहरु कागज र तालिममा मात्र सिमित हुनु नुहने कुरामा एक कार्यक्रम बिच सहभागीहरुले जोड दिनु भएको छ ।
यूएस.ए.आईडिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन र सुन्दर नेपाल संस्थाको सहजीकरण संचालित कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन कार्यक्रम पहलले सोमबार साविको रानीवास गाविस हाल चिङ्गगाड गाउपालिका वडा नं.२, रानीवासमा संचालन गरेको दुई दिने उत्पादन पछी हुने क्षती व्वस्थापन तालिमको उद्घाटन सत्रमा बोल्दै चिङ्गगाड गाउपालिका वडा नं.२ का वडा अध्यक्ष बुधे खत्रीले उक्त कुरा औल्याउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि खत्रीका अनुसार बाह्य दाताहरुबाट जुन सुकै क्षेत्रको विकासकालागि भए पनि प्राप्त हुने गरेको सहयोगका रकमहरुलाई कागजी दस्ताबेज र तालिममा मात्र समिती गर्नु भन्दा पनि स्थानियहरुले उक्त तालिमबाट सिकेका र जानेका ज्ञान र प्रविधिहरुलाई ग्रहण गर्दे विकासका निम्ती लगाउनु पर्ने बताउनु भयो साथै खत्रीले त्यसरी सिकेको सिपहरुलाई उचित स्थानमा प्रयोग गर्नेलाई आफूले जुन सुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

रानीवास संकलन केन्द्रका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बिशेष अतिथि चिङ्गगाड गाँउपालिका वडा नं. २ का सचिव थिरबहादुर श्रेष्ठ, अतिथि सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर प्रेमबहादुर खत्री र अतिथि कृषि शाखा चिङ्गगाड गाँउपालिका नायब प्राविधिक सहायक खेमराज जि.सी.लगाएतको उपस्थित रहेको थियो भने पहल परियोजनका सुशासन अधिकृत टम चौधरीले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमका सहजकर्ता एवंम् पहल परियोजनका कृषि सुपरभाईजर यामप्रसाद शर्माले गाँउ स्तरमा कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफूलहरु यातायातका कारण बजारीकरण गर्न नसकिदा उक्त समयमा वालीहरु उत्पादन भए पश्चात उक्त उत्पादित बस्तुहरुलाई कसरी व्यवस्थापन गर्न र समयअनुकुल र अनुकुल हावा पानीका कुन बस्तु उत्पादन गर्दा उक्त बस्तुहरुले बजार भाउ पाउने गर्दछन् भन्ने बिषयलाई समेटिएर सोमबार (आज) र भोली गरी दुई दिन सम्म रानीवास संकलन केन्द्रका पदाधिकारीहरुलाई तालिम दिईने र चिङ्गगाड गाँउपालिका वडा नं.२ का नायब प्राविधिक सहायक खेमराज जि.सीले तालिमको सहजीकरण गर्ने बताउनु भयो ।