सुर्खेत, १० साउन । मध्यपश्चिम क्षेत्रमा एक वर्षको अवधिमा विभिन्न दल र समुहले आज सोमवारसहित १ सय ७३ पटक वन्द गरेका छन । विभिन्न माग पुरा गर्ने /गराउने वाहानामा विभिन्न दल र समुहले जिल्ला १ सय ३८ पटक जिल्ला वन्द र ३५ पटक यातायातन वन्द गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गएको आर्थिक वर्ष आफना माग पुरा गराउन १३ पटक चक्काजाम, १४ पटक धर्ना घेराउ, १६ पटक मसाल जुलुस र ४९ पटक तालावन्दीका गरिएका छन । आर्थिक वर्ष २०७२/७३ को पुष, माघ, फागुन, वैसाख र असार महिना वाहेक साउनमा २१, भदौमा ५९, असोजमा ३१, कार्तिकमा २१, चैत्र एकपट र जेठमा ४ पटक जिल्ला वन्द गरिएको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले वताउनु भयो ।
यो अवधिमा मध्यपश्चिममा ४ सय ४३ वटा विरोध र्यालीहरु भएका छन । विभिन्न राजनीतिक दल र समुहले ३२ वटा आमसभाहरु र एउटा पुत्ला दहनको कार्यक्रम उहाँले जानकारी दिनुभयो । सरकारले बन्दमा भएको क्षतिपूर्ति आयोजकबाट भराउने घोषणा गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
नेपाल बन्द
स्वतन्त्र विश्वकोश,नेपाली विकिपिडियाका अनुसार नेपाल बन्द २०४६ सालको परिवर्तनपछि विकास भएको विरोधको शैली हो । यसमा ठूलठूला पार्टीदेखि लिएर सानो सानो समुहबाट सामान्य नेपाली जनजीवन ठप्प पार्ने प्रयास गरिन्छ ।नेपाल बन्द आह्वान कर्ताले व्यापार व्यवसाय, उद्योगधन्दा, यातायात लगायतका सबै क्षेत्र बन्द गर्न दवाव दिन्छन । विभिन्न सानो ठूलो माग तेस्र्याई नेपाल बन्द आह्वान गर्नेहरूले शान्तिपूर्ण विरोध गर्दा सरकारले नसुनेकोले नेपाल बन्द आह्वान गरेको बताउने गरेका छन ।
नेपाल बन्दको कारणले सर्वसाधारण जनताले दुख पाउँछन । यसले गर्दा बिरामी, विद्यार्थी, कर्मचारी, पर्यटकले एकदम पीडा पाउछन्न । दैनिक उपभोग्य सामानको लागि पनि सर्वसाधारण जनताले दुख पाउने गरेका छन ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । १० श्रावण २०७३, सोमबार ११:४६ बजे