विपद कोषमा मेगा बैंकको ५ लाख


२३ चैत्र, सुर्खेत । विश्वव्यापी महामारीको रुपमा फैलिरहेक कोरोना भाइरस (कोभिड-१९)को रोकथामकालागि कर्णाली प्रदेश सरकारले स्थापनागरेको प्रदेश विपद कोषमा आज मेगा बैंक नेपाल लिमिटेड सहयोग रकम हस्तान्तरण गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक नेपाल लिमिटेड वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तर कार्यक्रममा मुख्य सचिव टेकनारायण पाण्डे र अर्थ सचिव श्री विष्णु नेपालको उपस्थिती रहेको थियो ।

मेगा बैंक नेपाल लिमिटेड सञ्चालक समिति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सात वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप सामाजिक उत्तरदायित्व अन्तरगत आज कर्णाली प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरिएको प्रवन्धक थापाले बताउनुभयो ।