बादल गृहमन्त्री रहँदासम्म निर्मला पन्तका हत्यारा पत्ता लाग्दैनः गगन थापा


५ मङ्सिर,काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निमर्ला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुमा गृहमन्त्री दोषी रहेको बताएका छन् । उनले रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेसम्म निर्मला पन्त हत्याको छानविन निष्कर्षमा नपुग्ने दाबी समेत गरेका छन् । महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले गृहमन्त्री बादल सयौं निर्मलाका बुवाआमाहरुमाथि कालो बादलका रुपमा मडारिरहेको आरोप लगाए ।

सिंगो देश अपराधसित लड्न खोजिरहेका बेला गृहमन्त्रीले मात्र नभई जनताले समेत हारेको उनले बताए । कार्यकर्ता भेटघाटपछि थापा निर्मलाका बुवाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडि धर्नास्थल पुगेका थिए । सरकारको नेतृत्व गरेकाहरुले नै निर्मला हत्या प्रकरण हलुका ढंगले लिएको भन्दै उनले निर्मलाको न्यायका निम्ति सरकार र प्रतिपक्ष दलका नतोहरुलाई भेटेरै कुराकानी गर्ने आश्वासन दिए ।

साभारः सिधाकुरा नेपाल ।