अत्याधिक मदिरा सेवनले पलाताँमा एक यूवकको मृत्यु


९ साउन ,कालीकोट । कालीकोट जिल्लाको पलाताँ गाँउ पालिकामा अत्याधिक मदिराका कारण एकजना युवकको ज्यान गएको छ ।

पलाताँ गाउँ पालीका वडा न‌ं ८ निवासी जायलाल बमका छोरा मन्जन बमको  स्थानिय बाख्रे बजारमा मदिरा सेवनका कारण मृत्यु भएको खवर पलाताँ गाउँपालीकाका अध्यक्ष लक्ष्मण बमले फेसबुक स्टाटसमा जनाउनु भएको छ ।

अध्यक्ष बमले बन्द गरीएको मदिरा खुला गर्न पहल गर्ने उद्योग बाणिज्य संघ जिल्ला कार्य समिती कालीकोटले यस घटनाको जिम्मा लिनु पर्ने र पिडित परिवारलाइ उचित राहत र दोषीलाइ कारबाहीका लागी पहल गरोस भनी स्टाट्स मार्फत चेतावनी समेत दिनुभएको छ ।

उहाँले साथै मदिरा बिक्री बितरण गर्न खुल्ला गर्ने आदेश दिने न्यायलयको ध्यान जावस भनि अपिल पनि गर्नु भएको छ ।