दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु


 

काठमाडौं – ललितपुरको एकान्तकुनामा कारले मोटरसाइकलाई ठक्कर दिँदा ट्राफिक प्रहरीको ज्यान गएको छ ।

आइतबार राति ९ बजेतिर बा १६ च ६८०२ नम्बरको कारले बा ९४ प ६१९७ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा  सुर्खेत विद्यापुर ७ घर भई अहिले  प्रहरीवृत्त कालीमाटीमा कार्यरत ट्राफिक प्रहरी सुवनप्रसाद कंडेलको ज्यान गएको हो ।

कार चालक काभ्रे पनौती घर भइ ललितपुर बस्ने प्रज्वलबहादुर ख्डकालाई प्रहरीले पक्राउ गरेको छ ।

उज्यालो अनलाइनबाट