भ्याली मेरिडियनको भवन शिलान्यास


२८ मंसीर, सुर्खेत । वीरेन्द्रनगर ३ सुर्खेत स्थित संचालित भ्याली मेरिडियन एकेडेमीले आज आफ्नो भवनको शिलान्यास गरेको छ ।

करिव ६ करोड रुपैयाको लागतमा ४० कोठाको भवन वीरेन्द्रनगर ९ लाटिकोइलीमा निर्माण गर्न लागेको एकेडेमीका प्रिन्सिपल मानबहादुर एसाले बताउनुभयो ।

यो आर्थिक बर्षको अन्त्य सम्ममा निर्माण सम्पन्न गरि सक्ने लक्ष्य लिएर काम शुरु गरिएको प्रिन्सिपल एसाले जानकारी दिनुभयो ।

एकेडेमीका सल्लाहकार मुकुन्दकुमार गिरीले हाल एकेडेमीमा कक्षा १० सम्म संचालन रहेकोमा भवन निर्माण पछि प्राविधिक शिक्षा सहित १२ कक्षा सम्म विद्यालय संचालन गरिने बताउनुभयो ।

यस्तै वीरेन्द्रनगर ९ का अध्यक्ष सुरेश मानन्धरले वडामा सुविधा सम्पन्न विद्यालय खुल्नु गौरवको विषय भएको बताउनुभयो ।