सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम शुरु


१६ असोज, सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२० ले आजदेखि आफ्नो सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ ।

सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गर्दै सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष सिमा चन्दले महिलाहरु घरायसी काममा मात्र सिमित नभएर समाजिक काममा पनि अग्रसर भैरहन अनुरोध गर्नुभयो ।

त्यस्तै महिला जेसीजले आज सप्ताहव्यापी कार्यक्रमको पहिलो कार्यक्रम महिला विकास प्रशिक्षण केन्द्रमा आश्रित बाढीपिडितहरुकालागि स्वास्थ्य सामाग्री माक्स र स्यानिटाइजर वितरण गरेको छ । केन्द्रमा आश्रित १७ घरधुरी बाढिपिडित परिवारलाई स्वास्थ्य सामाग्री र डाक्टर सनम शाक्यद्वारा कोभिडबाट सतर्क, सचेत रहन र बच्ने उपायहरुका बारे जानकारी दिइएको सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक लक्ष्मी गुरुङ्गले बताउनुभयो ।

सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यको सभापतित्वमा सम्मपन्न कार्यक्रमको सञ्चालन महासचिव मनिषा कौशलले गर्नुभएकोथियो भने कार्यक्रममा उद्घाटन कार्यक्रम संयोजक कमला बस्याल र स्वास्थ्य सामाग्री कार्यक्रमका संयोजक सिता भण्डारीले स्वागत गर्नुभएको थियो ।