
पौष १, सुर्खेत ।
र्खेत जिल्लाको लेकवेशी नगरपालिकाले सामाजिक विकासको कामलाई तिब्रता दिएको छ । नगरपालिकाले नितिगत रुपमा पास गरेका योजना कार्यान्वयनको कामलाई तिब्रता दिने क्रममा वडा स्तरबाट सामाजिक विकासको कामलाई आगाडी बढाएको हो ।
लेकवेशी नगरपालिका वडा नम्वर ४ दशरथपुरलाई सुर्खेत जिल्लाकै पहिलो बालमैत्री स्थानिय शासन प्रदायक वडा घोषणा समेत गरेको छ । बालअधिकार महासन्धी १९८९ ले बालबालिकाले बालबालिकालाई भेदभाव गर्न नपाईने बालबालिकाका विचार र भावनाको कदर गर्न साथै उनिहरुको सर्वोत्म हित हुनुपर्नेमा जोड दिएको हुनाले पनि आफुहरुले यस अभियानलाई तिब्रता दिएको लेकवेशी वडा नम्वर ४ का वडा अध्यक्ष टेकबहादुर रुचालले बताउनुभयो ।
वडागत सुरु भएको यो कार्यक्रम नगरका अन्य वडाहरुले पनि अनुसरण गर्नु महत्वपुर्ण रहेको नगरप्रमखु गगन सिं सुनारको भनाई रहेको छ । अहिले नगरपालिकाले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने मानसिकता त्याग्दै सामाजिक विकासलाई पनि उत्तीकै प्रथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।
विकासका रुपले अग्रगामी छलाङ मादैँ आएको यस लेकवेशी नगरपालिकामा सामाजिक तथा भौतिक पुर्वाधार विकासका लागी कर्णाली प्रदेशले आवश्क सहयोगर्ने कर्णाली प्रदेशसभाकी सदस्य सिता नेपालीले आश्वासन दिनुएको छ ।
सुर्खेत जिल्लामै पहिलो पटक बालमैत्री स्थानिय शासन प्रदायक वडा घोषणा भएको लेकवेशी नगरपालिका वडा नम्वर ४ मा बालमैत्री स्थानिय सासनयुक्त वडा घोषणाको दिगोपनका लागी रणनितिक योजना निर्माण गरि कार्यान्वयन गर्ने बाल अधिकारको सरक्षणर प्रवर्दनलाई थप प्रभावकारी बनाउनका लागी वडा भित्रका सबै विद्यालय व्यवस्थापन समिति स्वास्थ्य व्यवस्थापन समिति एकीकृत योजाना गोष्ठी लगाएत सथानिय तहका हरेक बालबालिकाहरुको अर्थपुर्ण ससभागिता गराउने, लेकवेश् िनगरपालिका वडा नम्वर ४मा निमार्ण हुने सबै प्रकारका भौतिक पुर्वाधार तथा सरचनाहरु बालमैत्री बनाउने लगाएका सात वटा प्रतिबद्धताहरु ग्रिएको छ ।
यसैविच लेकवेशी वडा नमवर ४ लाई पुर्ण सरसफाई उन्मुख वडा समेत घोषणा गरिएको छ । प्रत्यक नागरिकले स्व्च्छ र स्वस्थ भई बाँच्न पाउने अधिकारलाई शुनिश्चीत गर्नका लागी स्थानिय सरकार संचान एन २०७४ को दफा १२ ग को उप दफा ४० मा व्यस्था भए अनुुसार समुदायला सचेत गराउँदै लेकवेशी नगरपालिकाको तेश्रो वडाको रुपमा पुर्णसरसफाई उन्मुख वडा घोषण गरिएको हो । एक घर एक शौचालयको अवधारणा अनिवार्य रुपमा कार्यान्वयन गरिने, स्व्चछ र सफा खानेपानिको व्यवस्था गरिने लगाएतका १० वटा प्रतिबद्धता पनि गरिएको छ ।



Milan Shrestha । २ पुष २०७५, सोमबार १०:५४ बजे