डा. केसीको अनसनको तेस्रो दिन, स्वास्थ्य स्थिति जाँच्न समिति गठन


kc21आश्विन १२, २०७३- त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्रा.डा. गोविन्द केसीको आमरण अनसन बुधबार तेस्रो दिन पनि जारी छ । त्रिवि शिक्षण अस्पतालले डा. केसीको स्वास्थ्य परिक्षण गर्न बुधबार चिकित्सकहरुको एउटा समिति निर्माण गरेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर नवौं आमरण अनशन बसेको ४८ घन्टा भए पनि उनीसँग वार्ता गर्न सरकारी निकायले चासो दिएको छैन । शिक्षण अस्पताल र चिकित्सा शास्त्र अध्ययन संस्थानका केही पदाधिकारी भने अनसनस्थल पुगेर केसीसँग उनका मागबारे छलफल गरेको नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जनले बताए ।

साभारः कान्तिपूर अनलाइन