जन्मदिनको उपलक्ष्यमा बीमा पोलिसी उपहार


१९ असोज, सुर्खेत । पछिल्लो समय जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवार र आफन्ताहरुलाई बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ । यसैक्रममा वीरेन्द्रनगर ११, सुर्खेत दमक ९ निवासी चन्द्र प्रसाद आचार्यले आफ्नो श्रीमती हेमाकुमारी सुवेदिको जन्मदिनको अवसरमा २० लाख रुपैयाँको एशियन बार्षिक धनलाभ बीमा याेजना अन्तर्गत जिवन बिमा पोलिसी प्रदान गर्नु भएकाे छ ।

आचार्यले मँगलबार(आज) शाखा सुर्खेतमा एक कार्यक्रम बिच उक्त पोलिसी हस्तान्तरण गर्नु भएकाे हाे। कम्पनिका सहायक महाप्रबन्धक बिजय पराजुलि, शाखा प्रमुख पारस खनाल, सिनियर बिजनेश म्यानेजर प्रवेशमान मानन्धर र कम्पनीका कर्मचारीहरूकाे उपस्थितिमा बर्थ डे केक काटेर हस्तान्तरण गरिएको थियो । हिमा कुमारि सुवेदिले जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभुती राख्दै उपहारको लागी श्रीमानलाई धन्यवाद दिनुभएकाे थिए । साथै सुवेदिले एशियन लाइफमा जीवन बीमा गर्न अरुलाई प्रेरित गर्ने शाखा प्रमुख पारस खनाललाई लाई बचन समेत दिनु भएकाे थियाे ।

कार्यक्रममा सहायक महाप्रबन्धकले कार्यालयमा नै आएर जन्मदिन मनाउदै बीमा पाेलेसि उपहार दिएकाे पहिलाे भएकाे बताउदै जन्मदिनको उपलक्ष्यमा बीमा बनाएर उपहार स्वरूप दिदा समाजमा राम्रो सन्देश जानुका साथै बीमा प्रती आम मानिसहरूकाे सकरात्मक धारणा जाने औल्याउनुभयो ।