
पौष ११, सुर्खेत ।
कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको खाडामा भएको आगजनीबाट पीडितका लागि कर्णाली प्रदेश कला साहित्यले सुर्खेतमा संकलन गरेको राहत सामाग्री सम्बन्धित पालिकालाई बुझाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पीडितहरुका लागि संकलन गरिएको ९ हजार, ९ सय, ९९ नगद सहित खाद्यान्न, लत्ता कपडा सहितको राहत सामाग्री गाउँपालिकाका स्वास्थ्य सह इन्चार्ज बिनोदकुमार न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।
आगलागी पीडित खाडावासीको पीडालाई कम गराउन प्रतिष्ठानले गरेको संकलन अभियानमा सहभागी भई सक्दो सहयोग गर्ने परोपकारी मनलाई धन्यबाद दिदै प्रतिष्ठानका अध्यक्ष कटकबहादुर बमले सो राहत सामाग्रीले पीडितहरुको घाउमा थोरै भएपनि मलमपट्टि लाग्ने विस्वास ब्यक्त गर्नुभयो ।
Milan Shrestha । ११ पुष २०७५, बुधबार १७:१९ बजे