मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा ताला बन्दी


सुर्खेत, १५ आषाढ । मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा इन्जिनियरिङ्ग संकाय संघर्ष समितिले विभिन्न मागहरु राख्दै आन्दोलन गरिरहेको छ । विश्वविद्यालयको इन्जिनीयरिङ्ग संकायमा विभिन्न मागहरु राख्दै आन्दोलित विद्यार्थीहरुले राखेका मागहरु सम्बोधन हुनुको साटो विश्वविद्यालयको इन्जिनियरिङ्ग संकायको पठन पाठन नै बन्द हुने गरी इन्जिनियरिङ्ग संकाय बन्द भएको सूचना जारी भए पछि विद्यार्थीहरु झनै आन्दोलित भएका हुन् ।


निमित्त क्याम्पस प्रमुख ई देवेन्द्रकुमार लाल कर्णद्वारा हस्ताक्षरित सूचनाले विद्यार्थीलाई थप आन्दोलित बनाएको विद्यार्थी निकुञ्ज पान्डेले बताए ।
आफुहरुका माग पुरा नभएसम्म संघर्षका कार्यक्रमहरु थप सार्वजनिक गर्ने उनीहरुले बताए । गैरजिम्मेवार तरिकाले एकले अर्कोलाई जिम्मेवारी दिँदै पन्छिने भएकाले अब आन्दोलित विद्यार्थीहरुले उपकुलपति, रजिष्टार, डिन र क्याम्पस प्रमुखसँग एकै पटक सँगै बैठक बसेर आफ्ना मागहरु पूरा गर्ने बताएका छन् । रिले अनसनको तेस्रो दिन आज पनि उनीहरुले विश्वविद्यालयमा ताला लगाएर पठन पाठन बन्द गराउनुका साथै उपकुलपति र रजिष्टारको पुत्ला समेत जलाएका छन् ।
साभारः नेपालगाथा ।