तथ्यहिन समाचार सम्प्रेषण गर्नु रहस्यमयी


१३ पौष । बारा जिल्लाको हलखोरिया जंगलमा तपस्यारत तपस्वी रामबहादुर बमजनका बारेमा केही दिन देखि अनलाइनहरुमा आएका समाचार प्रति तपस्वी बमजनको संगठन बोधी श्रवण धर्म संघले एक प्रेस विज्ञप्ती जारी गरि सडेका पुराना समाचार सम्प्रेषण गर्नुमा रहस्यमयी ढंगले योजनाबद्ध आक्रमण भएको जनाएको छ ।

यस्ता समाचारहरुलाई संघले पूर्णरुपमा खारेज भएको पनि विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा महासम्बोधी धर्म संघ गुरुका बारेमा सत्यतथ्य समाचारको गहिराईमा पुग्नका निमित्त सम्पूर्ण पत्रकारलाई सहयोग गर्ने समेत जनाएको छ ।

विज्ञप्तीमा अव उप्रान्त संघका बारेमा समाचार सम्प्रेषणकालागि सत्यतथ्य बुझ्नकालागि संघ संग बुझ्नकालागि अपेक्षा गरिएको जनाएको छ ।