गरिब जनताकोजीवनस्तर उकास्न बौद्धको भूमिका महत्वपूर्ण


Untitled

१६ असार । सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि.ले पुर्वि सुर्खेतको भेरीगंगा नगरपालिका ९, मैनतडामा २ दिने केन्द्र प्रमुख गोष्ठी आजबाट संचालन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्दले ग्रामिण स्तरका गरिब जनतालाई वित्तिय कारोबारमा सहभागी गराई उनीहरुको जीवनस्तर उकास्न महत्वपुर्ण भुमिका खेल्ने बौद्ध ग्रामिण प्रति आफु सधै सकारात्मक रही संस्थाको स्तरउन्न्तीका लागी सदैब सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसै गरि कार्यक्रमका विशेष अतिथि मैनतडा-९का वडा अध्यक्ष लक्ष्मण रानाले सम्पुर्ण सदस्यलाई ऋणको कारोबार गर्नु एकपटक राम्रो संग सोचविचार गरि परिवारको सल्लाह र योजना गराएर मात्र ऋण लिएमा ऋणको उपयोगी हुने सल्लाह दिनु भयो ।

 त्यस्तै संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सीले सहकारीको एक का लागी सबै, सबैका लागी एक भन्ने सिद्धान्तलाई केन्द्र प्रमुखले आफनो व्यहारमा उतारी केन्द्रलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो भने संस्थाका कोषाध्यक्ष जवान सिंह बुढाले तालिममा सिकाइएका कुराले केन्द्र संचालन र दैनिक जिवन चलाउन पनि सहज हुने बताउनु भयो ।

कार्यक्रमका सभापति तथा संस्थाका सचिव पासाङ्ग महतराले संस्था संचालनका लागी केन्द्र प्रमुखको भुमिका महत्वपुर्ण रहने भएकाले प्रमुख सधै निष्पक्ष भएर सल्लाह ,सुझाव दिन पर्ने बताउदै अरुका लागी ऋणी नबनीदिनु हुन आग्रह गर्नु भयो ।

मैनतडामा बौद्धको १२९ केन्द्रबाट लघुवित्त कार्यक्रम संचालन गरिरहेको शाखा प्रबन्धक हरि कंडेलले बताउनुभयो  ।