रास्कोटमा माग्ने बुढो


गीत संगितमा तात्दै रास्कोट

कृष्णराज धमाला
चैत्र २४, रास्कोट कालीकोट ।
डाँडाकाँडामा हिउँ परीरहेका बेला कर्णाली फाउन्डेसन नेपालको आयोजनामा आज रास्कोट तातेको छ । पहिलो पटक रास्कोटमा आयोजना गरिएको एकदिने साँस्कृतिक कार्यक्रमले रास्कोटले तताएको हो ।

हाँस्य कलाकार केदार घिमिरे माग्ने बुढो, लोक गायक पुष्कल शर्मा, गायक बिज्ञान रोकाया, सुकदेव अधिकारी, अमर थापा, बिनोद न्यौपाने, डान्सर माया मगर लगायतका कलाकारहरुले रास्कोट तताएका हुन् ।

रातभर पानी परेर डाँडाँकाँडा सेताम्य हिँउ जमीरहेको दृष्यमा कलाकारहरुले रमणिय रास्कोटको वडीमालिका उच्चमाविको खेलमैदानमा मन खोलेरै गाएकाछन् भने हसाँउने र नाँच्ने कलाले यहाँका स्थानियवासी खुसी बनाएकाछन् ।

पहिलो पटक शुल्क लिएर आयोजना गरीएको रास्कोटको साँस्कृतिक कार्यक्रमले स्थानियलाई हाँसो मात्रै प्रदान गरेको छैन, विकासको शन्देश पनि प्रबाह गरेको छ ।