सल्यानमा आगलागि हुँदा दुई घर जलेर नष्ट


रमेश कुमार वली
सल्यान २२,पुस । सल्यानमा दुई घरमा आगलागि भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा न ६ घारेघारीमा आइतबार बिहान करिब साढे १० बजेतिर घरमा आगलागि भएको हो । आगलागिबाट ओम बहादुर खत्री र चित्र बहादुर खत्रीको घर पूर्णरुपममा जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनुभयो ।
आगलागिबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात र पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको पिडित ओम बहादुर खत्रीले जानकारी दिनुभयो । मानविय क्षति नभएपनि लाखौंको सम्पत्ति जलेर नष्ट भएको ६ न वडा अध्यक्ष टेकराज पुलामीले बताउनुभयो । आगो कसरी लाग्यो खुल्न नसकेको पुलामीको भनाई रहेको छ ।
नेपाल टेलिकमको स्काई फोन बाहेक अन्य नेटवर्कले काम नगर्ने हुँदा सम्पर्कमा निकै समस्या भएको उहाँको भनाई छ । घर आगलागि भएपछि पिडित दुई घर छिमेकीको घरमा बसी रहेको अध्यक्ष पुलामीले जानकारी दिनुभयो ।