काठमाडौं- चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको गाडीको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार प्युठानका २६ बर्षीय डा. सन्दिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको हो। दुवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए।
कान्ति बाल अस्पताल र शिक्षण अस्पतालको बीचबाट बसुन्धारा निस्कने सडकमा उनीहरुलाई दिउँसो ४:३० बजे थापागाउँमा रहेको सिंहझारे विद्या संस्कार स्कुलको बा १ प ४३ नम्वरको बसले ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी राजेन्द्र भट्टले जानकारी दिए। दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा सोहि बसमा सवार ८ बर्षीया विद्यार्थी अस्मिता ज्ञवाली सामान्य घाइते भएकी छन्। ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बसका चालकलाई महाराजगञ्ज प्रहरी बृत्तले नियन्त्रणमा लिएको छ।
साभारः नागरिक न्यूज



Milan Shrestha । ९ फाल्गुन २०७२, आईतवार १४:१९ बजे