कृषकलाई आत्मानिर्भर बनाउन प्रोत्साहन कार्यक्रम संचालन


२३ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रबक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मानिर्भर कनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको बताउनुभएको छ ।

राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै कृषि मन्त्री केसीले कर्णालीका किसानलाई कृषकलाई आत्मानिर्भर बनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको बताउनुभएको हो ।

कर्णाली प्रदेशका १० वटै जिल्लावाट सहभागी किसानहरुलाई सम्बोधन गर्दै मन्त्री केसीले कर्णालीका किसानहरुको जीवनस्तर परिवर्तन गर्न कर्णाली प्रदेश सरकार लागि परेको बताउनुभएको छ । कर्णालीको गरिवी अन्त्य गरि किसानको जीवनस्तर उकास्न किसान लक्षित विभिन्न कार्यक्रम गर्न लागीएको मन्त्री केसीले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा केसीले कर्णालीका किसानहरुलाई प्रत्यक्षरुपमा राहत हुने गरि प्रदेश सरकारले कृषक पेन्सन ,गरिवी तथा वास्तविक कृषकको पहिचान, किसान सरकार हातेमालो कार्यक्रम लगाएका कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । कृषिलाई कर्णाली प्रदेशको समृद्धीको पहिलो आधार वनाएर कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ । मन्त्री केसीले किसानले उत्पादन गरेका वस्तुको वजारीकरण नहुदा समस्या भएको भन्दै बजारीकरणको ब्यवस्था सरकारले गर्ने जानकारी दिनुभयो ।  कर्णालीको कृषिमा आकर्षण वढाउन प्रोत्साहन अनुदानको ब्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी लगाएत आयोगका पदाधीकारीहरु, कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषकहरुको सहभागीता रहेको छ ।