अनमोल स्याहार, अनमोल एम्बुलेन्स पनि थपीए
कृष्णराज धमाला
फागुन १९, सुर्खेत ।
कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शोकलाई शक्तिमा बदल्न सक्नु नै महान कार्य भएको बताउनु भएको छ । सामाजिक सेवा गर्नुको मूल्य यकिन गर्न नसकिने भन्दै मन्त्री ज्वालाले पीडालाई सेवामा रुपान्तरण गर्ने अभियानको प्रशंसा गर्नुभयो ।
आफू बाँचौ र अरुलाई बाँच्ने अवसर प्रदान गरौं भन्ने मूल मर्मसहित सुर्खेतमा आज सम्पन्न प्रथम अनमोल स्मृति दिवसका अवसरमा बोल्दै एमाले नेता समेत रहेका मन्त्री ज्वालाले संसारलाई नियाल्न नपाउँदै उपचार खर्च नपाएर निधन भएको शिशुको सम्झनामा नरोई अरु शिशुहरुको यसरी ज्यान नजाओस् भन्ने प्रशंसनिय अभियान सञ्चालन भएकोमा उहाँले खुसी ब्यक्त गुर्नभयो । स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष निराजन शाहीको अध्यक्षतामा सम्पन्न स्मृति दिवसका अबसरमा गृह जिल्लाका एक दर्जन कार्यक्रमहरु छोडेर सहभागी भएका मन्त्री ज्वालाले अनमोलको नियति भोग्नु पर्ने बाध्यता हटाउन गरेको अभियानमा प्रदेश सरकार, मन्त्रालयले आगामी दिनमा सक्दो सहयोग गर्ने भन्दै ब्यक्तिगत रुपमा पाँच हजार रकम समेत प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो । सामाजिक कार्यमा सबैले सक्दो सहयोग गर्नुपर्ने भन्दै उहाँले अनमोल प्रतिष्ठानले एक बर्ष भित्र गरेका सामाजिक कार्यको प्रशंसा मात्रै गर्नुभएन यसको सिको सबैले गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका बारेमा जानकारी दिदै संस्थापक अध्यक्ष निराजन शाहीले शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा एक बर्षदेखि बिभिन्न वालसंरक्षण केन्द्रित कार्यक्रमहरु सञ्चालन गरीरहेको जानकारी दिदै आगामी दिनहरुमा थप योजना बिस्तार गर्ने पनि बताउनुभयो । परोपकारी अभियान मार्फत सुर्खेत र कालीकोटमा स्वास्थ्य शिबिर, नावालीकालाई निशुल्क उपचार, दलित तथा अविभावक विहिन वालवालीकालाई आर्थिक सहयोग, खेलकुद प्रतियोगिता पनि सञ्चालन गरीएको भन्दै अध्यक्ष शाहीले यसबर्ष दैलेख, जाजरकोट र सुर्खेतमा स्वास्थ्य शिबिर, पुस्तकालय स्थापना, अनमोल स्याहार कार्यक्रम, अनमोल एम्बुलेन्स सेवा लगायत कार्यक्रमहरु मार्फत सामाजिक सेवाका कार्यहरु सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
प्रथम स्मृति दिवसका अबसरमा प्रतिष्ठानका संरक्षक बिरमञ्जन शाहीले अनमोल एम्बुलेन्स सेवा सञ्चालनका लागि १ लाख रकम सहयोगको घोषणा गर्नुभयो भने अन्य ब्यक्तिहरुले पनि नगद सहयोग गर्नुभयो । कालीका गाउँपालिका कालीकोटका अध्यक्ष खडानन्द चौंलागाइले अनमोल एम्बुलेन्स सेवाका लागि ३ लाख रकम सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभासद कुर्मराज शाहीले छोरा गुमाएको पीडालाई सामूहिक र सामाजिक सेवामा परीर्बन गर्ने उच्च आँटलाई सम्मान गर्नुभयो । उहाँले यस्तो अभियानमा आफ्नो सँधै साथ रहने भन्दै उदाहरणिय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । अर्का सभासद दानसींह परीयारले पनि अनमोल स्मृति प्रतिष्ठानले सञ्चालन गरेका रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै यस्ता अभियानहरुमा सँधै साथ रहनेमा जोड दिनुभयो ।
वीरेन्द्रनगर नगर नगरपालीकाका उपप्रमूख मोहनमाया ढकालले यस्ता कार्यमा स्थानिय सरकारको साथ रहने भन्दै भावि दिनमा यस्ता सामाजिक कार्यमा साझेदारी गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रतिष्ठान मार्फत नयाँ र उदाहरणिय कार्यको सुरुवात गरेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जारी गरे ।
कार्यक्रममा अनमोल स्मृति प्रतिष्ठानलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति तथा संस्था र आजीवन सदस्यहरुलाई सम्मान समेत गरीएको थियो ।
को हुन् अनमोल शाही ?
कालीकोट जिल्ला तत्कालीन सुकाटियाँ गाविस ९, निवासी बुवा निराजन र आमा निर्मला शाहीको कोखबाट ०७३ साल भाद्र २३ गते जन्मिएका कान्छा सुपुत्र । यो संसारमा केही गर्न जन्मिए पनि आफन्तहरुलाई कहिल्यै नबिर्सीने याद र बाडुल्कि लगाउने हतारोमा ६ महिनामा सम्बन्धको सांलो चुटी परलोक भएका ।
के कारणले मृत्यू भयो अनमोलको ? ६ महिनामा भात खुवाइको दिन ०७३ फागुन १९ गते उपचारका क्रममा अस्पताल मै निधन ।
किन गठन गरीयो उनको नाममा प्रतिष्ठान ? उपचार गर्दागर्दै अन्तिम अबस्थामा आमाको काखबाट आमावुवाको अनुहार नियाल्दै अनमोलले बगाएका आँसुका धारामा जीवन बिताउन नपाउने गरेको संकेतले मन सँधै घोचीरह्यो, निधन भएको तेश्रो दिनमा पुत्र बियोगको पीडालाई शक्तिमा बदल्दै वालसंरक्षण केन्द्रित परोपकारी अभियानका रुपमा छोराको सम्झनालाई जीवन्त पार्न हजारौं अनमोलहरुको जीवन रक्षा र स्वास्थ्य सुरक्षाका लागि आफू बाँचौ र अरुलाई बाँच्ने अवसर प्रदान गरौं भन्ने मूल सिद्धान्तमा आधारीत रहँदै शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता दिई सन्तोषको श्वास फेर्न र अरुलाई पनि फेराउने अभियानका रुपमा स्थापना भयो, अनमोल स्मृति प्रतिष्ठान ।
के के काम गर्दैछ र आगामी योजना के छ प्रतिष्ठानको ?
बिशेष अब अनमोल स्याहार कार्यक्रम । जसले कर्णाली प्रदेशका अविभावक बिहिन वालवालीकाहरुलाई बैकल्पिक स्याहार अन्तरगत आफन्त वा छिमेकि सँगै राखी गास, वास, कपास, शिक्षा, स्वास्थ्यमा दिर्घकालीन रुपमा सहयोग र संरक्षण गर्ने । शिक्षा, स्वास्थ्य, खेलकुदलाई मूख्य कार्यक्षेत्र बनाई कर्णाली प्रदेशमा जोखीममा रहेका गरिब, असहाय, अतिबिपन्न वालवालीकाहरुको जीवन रक्षा र स्वास्थ्य सुरक्षा सहित शैक्षिक उन्नयनका प्रयास मार्फत स्वस्थ नागरीक र सब्य समाज निर्माणमा टेवा ।




Milan Shrestha । १९ फाल्गुन २०७४, शनिबार ११:५९ बजे