भाइरल ज्वरो नियन्त्रणको प्रयास जारी



अप्सरा बिष्ट
माघ ८ कालिकोट
करिब १ साता अघि देखि कालिकोटमा फैलिएको भाइरल ज्वरो नियन्त्रण गर्न भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यर्मिहरुको टोलि पठाइएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलिले बताएका छन ।

रिपोर्टस क्लव नेपाल कालिकोटले  आज गरेको कार्यक्रममा डा अलिले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटाइएको बताएका हुन् ।  साधारणतय १ महिना अघि देखि राष्कोट नगरपालिका र पलाता गाँउपालिका बाट शुरु भएको ज्वरोले ठुलो रुपलिइ खाडाचक्र नगरपालिका २ र ४ मा ३ जना बालबालिकाको मृत्यु भएको थियो अहिले भाइरल ज्वरो केहि मात्रामा नियन्त्रण भएको डा अलिले जानकारी दिए ।

जिल्ला अस्पताल कालिकोटमा औषधि भएपनि भाइरल प्रभावित क्षेत्रमा औषधि नपाएको गुनासो आउँदा प्रमुख अलिले आज मात्रै १ मिनि ट्रक औषधि जिल्ला अस्पतालमा पुगेको र अवस्था हेरेर थप औषधिका लागि क्षेत्रीय कार्यालयमा माग गर्ने र चेकजाँचको लागि बिशेषज्ञ टोलिको माग गर्ने प्रतिवद्धता गर्ने बताएका छन ।

कार्यक्रममा खाडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले भाइरल ज्वरो नियन्त्रण गर्न खाडाचक्र नगरपालिका र गाँउपालिका का विभिन्न वडाहरुमा वडा अध्यक्ष र सदस्यहरुलाई प्रभावित क्षेत्र र भाइरलको अवस्था बुझेर औषधिको कमि हुन नदिने पनि प्रतिवद्धता गरेका छन् ।

त्यस्तै कालिकोट प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे र सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बढ्दो भाइरल ज्वरो लाइ नियन्त्रण गरिहेको र अवस्था हेरि थप औषधि र डाक्टरको टोलि कालिकोटमा ल्याउने वातावरण बनाइरहेको जानकारी दिएका छन् ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले भाइरल ज्वरो रोकथाम र अरुलाइ फैलिन नदिन सवैको सहमतिमा १ हप्ता विद्यालयहरु वन्द गर्न पनि सकिने बताए ।

कार्यक्रममा रिपोटर्स क्लब नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।