काठमाण्डौंमा कोईराला समाजद्वारा रक्तदान


२७ पाैष काठमाडौं / काेइराला सेवा समाज नेपाल काठमाण्डौंले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २८ जनाले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाकाे प्राङ्गणमा रक्तदान कार्यक्रमका सभापति समाजका अध्यक्ष हितानन्द कोइरालालाई प्रमुख अतिथि कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरेर शुभारम्भ  गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि कृष्णमुरारी अतिथिहरूमा क्रमशः भवराज काेइराल,नेत्र काेइराल,सालीग्राम काेइराला, हेमराज काेइराल, समिता काेइराला, गाेपाल काेइराला कृष्ण काेइराला र केन्द्रीय रक्त सञ्चार सेवाकी वरिष्ठ प्राबिधिक गमला क्षेत्रीकाे आतिथ्यता रहेकाे थियो ।

उज्वल काेइरालाले संयोजन गर्नुभएको साे कार्यक्रमकाे सहजिकरण प्रेमप्रसाद काेइराला (सागर)ले गर्नुभएको थियोे ।