धनिराम चौधरी भलमन्सा चुनिए


तस्विरः टमबहादुर चौधरी ।

माघ,२ सुर्खेत ।

नेपालमा बसोवास गर्दे आईरहेको धेरै जनजाती समुदाय मध्यको एक चौधरी पनि हो , त्यो पनि कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि करिब ५ किलोमिटर भित्र चौधरी समुदायको बसोवास गर्दे आईरहेका छन् । जिल्लामा रहेका १४ जाती मध्यमा सबै भन्दा धेरै जनसंख्या भएको जाती मगर जाती हो र सो पश्चात थारु समुदायको रहेको छ भने थारु समुदायको आफ्नो कला सांस्कृति र परम्परा रहदै आएको छ भने मुख्य गरी मकर संक्रान्ती (माघी) उनीहरुको मुख्य पर्व हो ।

प्रत्येक बर्ष माघीको दोस्रो दिन लोकतान्त्रीक, प्रजातान्त्रिक पद्दतीमा नेतृत्व (भलमन्सा) चुन्ने प्रचलन रहि अनुसार यस बर्ष पातलगंगाले पनि थारु जातीको सँस्कृती लाई जगेर्ना गर्दै थारु संस्कृतिको विकासमा टेवा पु¥याउँदै आइरहेको भलमन्सा चुन्ने कार्यक्रम अन्तर्गत आज (बुधबार) पातलगंगा गाउँमा बसोवास गर्दै आइरहेका अन्य गैर थारु जातीहरुको उल्लेखनिय सहभागिता सहभागीतामा भलमन्सा चयन गरिएको छ ।

साविको लाटीकोईली गाविस वडा न.०६ हाल वीरेन्द्रनगर नगरपालिका वडा नं ०९ स्थीत पातलगंगामा एक कार्यक्रको आयोजना गरी धनिराम चौधरीलार्ई यस बर्षको भलमन्सामा सर्वसम्मत चयन गरिएको छ । जसको सदस्यहरुका छुन्कु चौधरी (चिरक्या) सुचना प्रवाह गर्ने व्यत्ति भने सदस्यहरुमाः टम बहादुर चौधरी, रामकृष्ण चौधरी रहेका छन् ।

उक्त भलमन्सा समितिको ३ जनालाई विभिन्न क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्ने जिम्मेवारी पनि दिइएको छ । भागीराम चौधरी – सामाजिक विकास, टम बहादुर चौधरी – सुशासन तथा संस्थागत विकास रामकृष्ण चौधरी – आर्थिक तथा पूर्वाधार विकास को क्षेत्रमा विशेष भूमिका रहने गरी काम तथा नेतृत्वको जिम्मेवारी दिइ सर्वसम्मत रुपमा भलमन्सा चुन्ने कार्यक्रम सम्पन्न भएको छ ।
समितीका सदस्य टमबहादुर चौधरीका अनुशार कर्णाली प्रदेशमा करिब ६ हजार भन्दा बढी थारु समुदायका व्यक्तिहरु बसोवास गर्दे आईरहको छन् ।