१३२ केभी विद्युत प्रसारणलाईनकालागि आन्दोलन गर्न तयारः अध्यक्ष कँडेल (भिडियोसहित)


३१ जेठ, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेतमा १३२ केभी विद्युत प्रसारणलाईन ल्याउनकालागि संघीय राजधानी मै गएर आन्दोलन गर्ने बताउनुभएको छ ।

अध्यक्ष कँडेलले नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवसंग टेलिफोनमा कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले विकास गर्दा केही विनास पनि हुने भएकोले सुर्खेतमा ल्याइने १३२ केभी विद्युत प्रसारणलाईमा काटिने विरुवाहरुको सट्टा आफूहरुले वृक्षारोपण पनि गर्ने बताउनुभयो ।

मन्त्री यादवले पहिला आफूलाई विरुवा रोपेर देखाउन भन्दै रोपेको विरुवा कहिले हेर्न आउने भन्दै प्रश्न गर्नुभयो । जवाफमा अध्यक्ष कँडेलले आफूलेहरुले रोपेको विरुवा देखाउने प्रतिवद्धता व्यक्त गर्दै नितीगतरुपमा मन्त्रालयमा रोकिएको फाइललाई अगाडी बढाइदिन अनुरोध गर्नुभयो ।

टेलिफोन सम्वादमा मन्त्री यादवले काटिने विरुवाको १० गुणा बढी बृक्षारोपण गर्नुपर्ने बताउनुभयो ।