योगी नरहरीनाथलाई जोगीको दृष्टिले नहेर्न आग्रह


माघ ४, सुर्खेत ।

साँस्कृतिक जागरण मार्फत सामाजिक रुपान्तरण गर्ने लक्ष्य बोकेका राष्ट्रगुरु योगि नरहरिनाथका विश्व प्रचारक तथा गजलकार रत्नकमल बिष्ट पछिल्लो समयमा एकल प्रस्तुति गर्दै गाउँशहरमा यात्रामा खटिरहेका छन् ।

दुइवटा एकल रचना वाचन तथा राष्ट्रगुरु योगि नरहरिनाथका बारेमा चर्चा परिचर्चा गर्दै यात्रामा होमीएका हुन् ।

केही दिन अघि मात्रै कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा एकल रचना बाचनको दोश्रो श्रृङखला सम्पन्न गरेका छन् । राष्ट्रगुरु योगि नरहरिनाथका ५ सय, ८३ कृति प्रकाशन भएका र ३२ हजार कृतिको पाण्डुलिपी रहेको बुद्ध पछिको शान्तिको पुरस्कार चिनले योगीलाई प्रदान गरेकाले उहाँको ब्यक्तित्व र कृतृत्वलाई अमर पार्ने अभियान आफूले थालनि गरेको बताउनु भयो । योगीले १३ हजार कविता रचना गरेको भन्दै उहाँले विश्व शान्तिको अभियानमा खेलेको भूमिकाको सबैले कदर गर्नु पर्नेमा बिष्टले जोड दिए । नरहरिनाथ विश्वबिद्याल स्थापनार्थ राष्ट्रिय साँस्कृतिक जागरण अभियान सञ्चालन गर्ने जानकारी दिदै योगीलाई जोगीको रुपमा नहेर्न समेत आग्रह गर्नुभयो ।

तेश्रो चरको श्रींखला कालीकोटमा सञ्चालन गर्ने योजना रहेको प्रचारक बिष्टले जानकारी दिनुभयो ।