बसको बाट खसेर एक जनाको ज्यान गयो


अशोक राजी
०३ चैत्र सुर्खेत

बसको ढोकाबाट खसेर सुर्खेतको कुनाथरिस्थित बड्डिचौर बजारमा आज एक जनाको ज्यान गएको छ ।
कुनाथरि ८ बस्ने ५८ बर्षिय मान बहादुर कार्कीको बसको ढोकाबाट खसेर ज्यान गएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरबाट गुठु जाँदै गरेको बसबाट दिउसोतिर बसबाट कार्की खस्नुभएको ट्राफिक प्रहरी हरी लामिछानेले जानकारी दिनुभयो ।
बसको ढोकाबाट खसे लगत्त्तै क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको मृतकका आफन्तले जनाएका छन ।
अहिले लास पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र बस र चालकलाइ प्रहरीले नियन्त्रणको लिएको ट्राफिक प्रहरी लामिछानेले बताउनुभयो ।