हुण्डाईको ग्राण्ड टेष्ट ड्राईभ हुँदै


१६ माघ, सुर्खेत । हुण्डाई मोटरले आज १६ र भोली १७ गते कर्णाली प्रदेशमा टेष्ट ड्राइभ र उपहार कार्यक्रमको आयोजना गरेको छ ।

हुण्डाई मोटरको नेपालकालागि आधिकारी विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले हिम अटो डिस्टि्रव्यूर्टस नेपालगंजको सहकार्यमा ग्राण्ड टेष्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको हो ।

ग्राण्ड टेष्ट ड्राइभ इभेन्टले आफ्ना मूल्यवान ग्राहकहरुका लागी उत्कृष्ट टेष्ट ड्राइभ अनुभव गराउनका निम्ती यो कार्यक्रमको आयोजना गरेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले जनाएको छ ।

इभेन्टमा ग्राहकहरुले उत्कृष्त टेष्ट ड्राइभ मात्र अनुभव नगरी आकर्षक उपहारका साथ साथै तत्काल बुकिङ्ग गरेमा रु १०,००० -दश हजार) सम्मको गाडीको accessories हरु प्राप्त गर्न सक्ने बताईएको छ ।

कार्यक्रम Hyundai Winter Delight Scheme अन्तरगत संचालन गरिएको र यस्ले ग्राहकहरुलाई विभिन्न उपहारहरु तथा फाईदाहरु दिइ खुशी छर्ने उद्देश्य लिएको लक्ष्मी इन्टरकन्टिनेन्टलले  जनाएको छ ।