असोज २६, सुर्खेत ।
कर्णाली प्रदेशका माननिय सांसद कुर्मराज शाहीले पर्यटनको प्रबद्र्धनले नै कर्णाली प्रदेश सम्पन्न बन्ने बताउनु भएको छ । कर्णाली भाषा, सँस्कृति, सभ्यताको मूलथलो सँगै तमाम पर्यटकिय क्षेत्रहरु भएकाले यसको उपयोग बिना समृद्धि सम्भव नहुने सांसद शाहीको भनाई छ ।
सम्पदा मल्टि प्रपोज प्रालिको वीरेन्द्रनगरमा कार्यालय उद्घाटन तथा तिम्रो मेरा माया भस्मै भैगो बोलको गीतका सार्बजनिकीकरण गर्दै सांसद शाहीले दृघकालिन आयोजनाहरु मार्फत मात्रै समृद्धि सम्भव हुनेमा जोड दिनुभयो । उहाँले थप्नुभयो गीत, संगित र साहित्यले मानिसको सोचमा परिबर्तन ल्याउने भएकाले समृद्धिका लागि प्रगतिशिल साहित्य, संगितले महत्वपूर्ण भूमिका निर्बाह गर्ने दाबि गर्नुभयो ।
कार्यक्रममा प्रालिका अध्यक्ष दुर्गाप्रसाद काफ्लेले मुनाफाको २ प्रतिशत रकम कलाकार, साहित्यकार र पत्रकारको हितमा लगानि गरिने त्यसका लागि ५ लाख रकमको अक्षयकोष स्थापना गरिने, आगामी मंसिर १ देखि चैत्र मसान्त सम्म कर्णाली अवार्ड सिजन १ सञ्चालन गर्ने त्यसमा देउडा, दोहोरी, आधुनिक, गायन, शब्द, संगित लगायतका ९ बिधामा अवार्ड बितरण गरिने घोषणा गर्नुभयो ।
अशोक बस्नेत र पदमपुरा सेजुवालको स्वरमा रहेको गीत सँगै कार्यक्रममा देउडा, कौडा, हुड्के सहितका बिभिन्न साँस्कृतिक झलकहरु प्रस्तुत् गरिएका थिए ।
Milan Shrestha । २६ आश्विन २०७५, शुक्रबार १६:४४ बजे