पलाँताका अग्नि पीडीतलाइ राहतको अख्तियारी


 

मनिराज पाण्डे

१८ बैशाख, कालीकोट । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशवासी कसैलेपनि पालमुनी बस्न नपर्ने धारणा राख्नु भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ कालिकोटद्वारा आज कालिकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भण्डारी यस्तो धारणा राख्नु भएको हो ।

पलाँताका अग्नी पीडीतहरुका लागि प्रदेश सरकारले राहत रकमको अख्तियारी दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमलाई १ करोड ६० लाखको अख्तियारी दिनुभयको छ  । २०७५ पौष ८ गते बेलुका पलाँता १ को खाँडा न्यौपाने बस्तीमा आगलागी हुँदा ३२ घरधुरी जलेर नष्ट भएको वडा नं. १ का अध्यक्ष मानबहादुर भण्डारीले बताउनु भयो  । प्रदेश सरकारले प्रती घर परिवार ५ लाखका दरले राहत रकमको अक्तियारी गाउँपालिका लाई दिएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको कानून तर्जमा तथा सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रममा राहत रकमको अक्तियारी दिइएको हो । प्रदेश सरकारले यसै बर्ष सुर्खेतका बाढी पीडीतका लागि प्रतिघरपरिवार ३ लाखका दरले राहत दिने निर्णय कार्यान्वय गरिरहेको मन्त्री भण्डारीले बताउनु भयो । २०७५ पौष ९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अग्नी पीडीत खाँडाबस्तीमा पुगि अग्नी पीडीतहरुका घर बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयको थियो  । तत्काल गाउँ कार्यपालिकाको बैठक बसी अग्नी पीडीतको घर निर्माणमा जुट्ने गाउँपालिका अध्यक्षले बमले बताउनु भयो  । राहत रकम तीन किस्तामा भुक्तानी हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो । पहिलो र दोस्रो किस्ता २ / २ लाख अन्तीम किस्तामा १ लाख रकम अग्नी पीडीतले पाउने छन् ।

नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री भण्डारीले सरकारले राम्रा काम गरिरहँदा पनि कांग्रेसले नराम्रै अफबाह फैलाउने काम गरेको भन्दै सरकार र पार्टीको बचाउ गर्न जिल्ला स्तरका कार्यकर्तालाई सुझाब दिनु भएको थियो । बालुवाटार जग्गा र वाइटबडी लगाएत ठुलठुला प्रकरणको स्रोत कांग्रेसनै भएको पुष्टि हुँदै आएको भन्दै मन्त्री भण्डारीले विपदका घटना पीडितका घर टहरा बन्न बाँकी खाडा जस्तै गाउँमा पुगेर श्रम गर्न कम्युनिस्टले नै नेतृत्व लिनुपर्नेमा सुझाब दिनुभयो । ट्रेड युनियन कालिकोटका उपाध्यक्ष बर्म ऐडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश सदस्य तुलाराज विष्ट,जिल्ला नेताहरु रमेशकुमार शाही,चित्रसिंह गाउँले,सरोज बोगटी लगाएतका साथै स्थानीय सत्ताका प्रमुखहरु र श्रमिक कार्यकर्ताहरुको उपस्थिति रहेको महासंघका जिल्ला सचिव भिम बहादुर सिंहले जानकारी गराउनु भयो ।