
चैत्र २, २०७२- सरकारले नेपाली सेनालाई काठमाडौ महानगरपालिका भित्र कपडा उद्योग सञ्चालन गर्ने अनुमति दिएको छ ।

सेनाले उद्योग नै सञ्चालन गर्ने गरि अनुमति पाएको यो पहिलोपटक हो । सैनिक प्रबक्ता तथा सहायक रथी तरा बहादुर कार्कीका अनुसार उद्योग दर्ताको अनुमति पाएको पहिलो पटक हो । कानुनि प्रक्रिया र उद्योग सरह सेवा सुविधाका लागि दर्ता गरिएको बोर्ड सम्बद्ध अधिकारीकले जनाए । उद्योग उद्योगमा ४ करोड ४० लाख रुपैयाँ स्थीर पूँजी हुने छ । चालु पूँजी भने ४५ लाख रहने गरि प्रस्ताब पेश भएको हो । सेनाको बहु व्यवसाय द्योग नामको मुनाफा वितरण नगर्ने उद्योग रहने जनाइएको छ । उक्त उद्योगले ३० हजार जर्सी, ६४ हजार भेष्ट, ३ लाख ४२ हजार मोजा, १ लाख २४ हजार ब्ल्यांकेट, ५० हजार झुल, ५० हजार क्याप, ४० हजार चुस्ता, ५० हजार थान झोला उत्पादन गर्ने छ ।
‘बहु व्यवसायीक उद्योग कालिकास्थान पहिलेदेखिनै थियो । सैनिकलाई चाहिने मन्डी, मोजा, भेष्ट, टाउजर उत्पादन हुने गरेको थियो । छुट्टै दर्ता थिए,’ प्रबक्ता कार्कीले भने, ‘अब दर्ता भयो । उत्त उद्योगले सेनालाई चाहिने विभिन्न सामाग्रिहरु उत्पादन गर्छ ।’ दर्ता अनुमति अनुसार उद्योगमा ४१ जना सेनाले काम गर्नेछन् । ‘पहिलेदेखिनै सञ्चालनमा रहेपनि कानुनि रुप दिन सेनाले हाल प्रस्ताब गरेको देखिन्छ । गत बर्ष कम्पनी भने दर्ता गरिसकेको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने । स्वदेशी लगानीकर्ताको उद्योग विभागले दर्ता गर्न सक्ने व्यवस्था छ । औद्योगिक प्रबद्र्धन बोर्डले नै महानगरपालिकाभित्र उद्योग सञ्चालन गर्न नपाउने व्यवस्था गरेकाले बोर्डबाटनै निर्णय गराई अनुमति दिइएको हो ।
सेनाको विभिन्न निदेर्शनालय तथा बाहिनीहरु उक्त उद्योगका शेयरहोल्डर रहनेछन् । महानिर्देशक न्यौपानीका अनुसार दुई वटा जलविद्युत आयोजनाको बिषयमा पनि निर्णय भएको बताए । मान्डु जलविद्युत आयोजनाको पूँजी बृद्धि र बेत्रावती जलविद्युत आयोजनाको सेयर परिवर्तनबारे बोर्डले निर्णय गरेको हो । मान्डु जलविद्युतमा हाल हिमालयन इन्फास्टक्चर फन्ड लिमिटेडको ३० प्रतिशत र बाँकी सिचुवान हेचुवान इन्भेसमेन्ट कम्पनी लिमिटेडको नाममा छट । पूँजी बृद्धिसंगै हालको शेयर संरचनामा स्वदेशीको ५१ र विदेशीको ४९ प्रतिशत लगानी बनाइएको छ । उक्त संरचना अनुसार उक्त जलविद्युत कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ थप पूँजी बृद्धि गरिएको हो । ‘हालको पूँजी २ अर्ब ३० करोड रुपैयाँ छ । थप पूँजी सहित अब ४ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ,’ बैठकमा सहभागी ति अधिकारीले भने । २० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले मकवानपुरको इपा पन्चकन्या गाविसमा रहि वागमती नदीबाट विद्युत उत्पादन गर्ने छ ।
त्यस्तै बेत्राबती जलविद्युत आयोजनाको शेयर संरचना परिवर्तन भएको हो । उक्त जलविद्युत कम्पनीको जगेडा र पेमा छेन्जोम लामाको ३२ लाख ५० हजार कित्ता शेयर स्वीजलल्न्डको ड्राल्ला होल्डिङले खरिद गरेको छ । ‘एक सय रुपैयाँका दरले ३२ करोड ५० लाख रुपैयाँमा खरिद/बिक्रीको अनुमति पाएको हो,’ बैठकमा सहभागी ति अधिकारीले भने, ‘यो शेयर संरचना परिवर्तनले स्वदेशी र विदेशी लगानीकर्ताको हिस्सा ५०/५० प्रतिशत कायम भएको छ ।’ यो जलविद्युत आयोजनामा दुई अर्ब ३८ करोड रुपैयाँ स्थीर पूँजी छ । रसुवाको स्थानिय खोलाबाट १४ दशम ५ मेगाबाट विद्युत उत्पादन गर्ने तयारी कम्पनीको हो । ६५ सालमा कम्पनी दर्ता गरि प्रक्रिया थालेपनि निर्माण सकेर विद्युत उत्पादनको काम भने हुन बाँकी नै छ ।
साभारः कान्तिपूर अनलाइन
Milan Shrestha । २ चैत्र २०७२, मंगलवार १८:१० बजे