
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोग र सुन्दर कर्णालीको आयोजनामा एक दिने महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सरको निशुल्क र Via Screening गर्नुको साथै स्वास्थ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका नि. वर्तमान प्राध्यापक डा. डम्बर खड्काको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष जनक रावलको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश अस्पतालका स्त्री रोग विशेषज्ञ डा. ललित जगं शाही, स्त्री रोग विशेषज्ञ डा . रोजि यादब, मेडिकल अधिकृत डा. सुबर्ण भण्डारी लगायतको विशेषज्ञ समूहले स्वास्थ्य जाँच गरेको थियो । त्यस्तै प्रदेश अस्पतालका नर्सिङ प्रमुख सकुन्तला सापकोटाले स्वास्थ सेवामा उपस्थित महिला दिदी बैनिहरुलाई माहिलाको प्रजनन अगं सरसफाइ कसरी राख्ने वारे सम्बन्धि सचेत गराउनु भयो ।
कार्यक्रममा कल्पना थापा, प्रभा रावल, सीता शर्मा, बिष्णु गुरुङ,जानकी शाही, लगायतको स्वास्थ्यकर्मीहरुले स्वास्थ स्वास्थ्य जाँचमा सहयोग गर्नुभएको थियो ।
५७ जना महिलाहरुको सहभागिता रहेको स्वास्थ्य जाँचमा Via जाँच ४९ जनाले गराउनु भयो भने उक्त परिक्षण बाट प्रदेश अस्पताल सुर्खेतमा जटिल समस्या देखिएर ७ जनालाइ चिकित्सक द्वारा रिफर गरिएको छ ।
Prawash Kumar Shakya । २० बैशाख २०८२, शनिबार २१:२७ बजे