६ साउन, सुर्खेत । संसारभर कोरोना भाइरस कोभिड १९ को महामारी यसरी फैलियो कि संसारका अधिकाँस राष्ट्रहरुले आफ्ना देशका नागरिकहरुलाई बचाउनकालागि देशलाई लकडाउनमा राखे । यही क्रममा हाम्रो देशमा पनि लकडाउन गरियो ।
सरकारले कोरोना भाइरस कोभिड १९का दोश्रो संक्रमित भेटिए लगतै कोरोना भाइरसको रोकथाम एवं महामारी नियन्त्रण गर्नकालागि २०७६ चैत्र ११ गते बाट देशलाई लकडाउनमा राखेको थियो तर अहिले लकडाउन धेरै खुकुलो बनाइएको छ ।
देश लकडाउनभए संगै विभिन्न किसिमका व्यापार व्यावसाय नराम्ररी थलिए । लकडाउनमा केही प्रतिशत यातायातले सेवा गर्ने मौका पाए भने अतिआवश्किय बस्तु बाहेका व्यावसायहरु पूर्णरुपमा प्रभावित भए । यही अवधीको बैंकको व्याज पसलको घरबहाल लगाएतका विषयले व्यावसायीहरुमा भार थपिएको अवस्था छ । अहिले सरकारले ल्याएको मौद्रिक नितीले व्यावसायीहरुले केही राहतको भएको महशुस गरेको पाइएको छ ।

यसैवीच लकडाउनको अवधीमा व्यावसायीहरुलाई बहाल छुट गर्ने मनकारीहरुपनि देखिएका छन् । यहि मनकारी घरवेटीहरुको माझमा वीरेन्द्रनगर ६ शनिहल लाइन सुर्खेतका निरोज र कविता चलाउनेले पनि आफ्नो घरमा व्यावसाय गर्ने २ जना व्यावसायीहरुलाई १ महिनाको बहाल छुट गरिदिनुभएको छ ।
निरोज र कविता भन्नुहुन्छ । “हामीले ३ महिनाको नै बहाल नलिने सोच गरेका थियौ तर वाध्यताले गर्दा त्यसो गर्न सकेनौ आफूले सक्ने जति गरेका छौं।” यता व्यावसायीहरुले १ महिनाको बहाल छुटले पनि धेरै राहत मिलेको बताएकाछन् ।



Prawash Kumar Shakya । ६ श्रावण २०७७, मंगलवार ११:०१ बजे