
सामाजिक सञ्जालको प्रयोग बढ्ने वित्तिकै यतिवेला देशभरका विभिन्न ठाउँहरु भाइरल हुने गरेको पाइएको छ । फूल फुल्ने मौसमहरुमा ढकमक्क फूल फुल्दा त्यस ठाँउमा केही बर्षदेखि टिकटक बनाउनेहरु र फोटो खिच्नेहरुको भिड नै लाग्ने गर्दछ ।
सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको राममन्दीर नजिकैको भानुपार्कमा पनि विभिन्न किसिमका फूलहरु फुल्दा र वडा कार्यालयले त्यस साँझको समयमा रङ्गीन बत्ती जडान गरेपछि त्यो ठाउँमा केही बर्षबाट यूवापुस्ताको टिकटक बनाउन भिड नै लाग्ने गर्दछ । त्यही ठाउँलाई भने यूवापुस्ताले DNP डाँडा भनेर पनि चिन्दछन् । कसरी DNP नाम रहन गयो त भन्दा सोधीखोजी गर्दा त्यही नजिक केही समय अगाडी दिनेश नास्ता पसल रहेको केही जानकारहरु बताउँछन् । अनी यूवापुस्ताले DNP डाँडा नाम कायम गरिदिए । तर त्यस ठाउँको नाम भने भानु पार्क नै हो भनेर वडा कार्यालयले साइनबोर्ड राखेता पनि यूवाहरु भने DNP नै भन्ने गर्दछन् ।
यस्तैमा अर्को केही बर्षदेखि भाइरल भैरहेको ठाउँ नगरपालिका नजिकै गुलमोहरको फूल फुल्ने ठाउँ रहेको छ । अन्य भन्दा यतिवेला त्यही ठाउँमा फुलेको गुलमोहरलाई क्यामेरामा कैद गर्दै टिकटक बनाउनेहरुको यतिवेला भिड लागिरहेको छ ।
Prawash Kumar Shakya । २१ बैशाख २०८२, आईतवार १२:०२ बजे