
१९ माघ, काठ्माण्डौ । आज राती १२ बजेदेखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्यबृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । बृद्धी भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ भएको छ भने एलपी ग्यासमा मूल्य यथावत नै रहेको छ ।
पेट्रोलियम पर्दाथमा भएको यो मूल्यबृद्धीले निगमलाई १५ दिनमा करिव १ अर्व १६ करोड नाफा हुने देखिएको छ । तर ग्यासमा भने प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको हो ।
Milan Shrestha । १९ माघ २०७५, शनिबार २०:२२ बजे