१२ मंसीर, सुर्खेत । देश संघीयतामा गए संगै हामी कर्णालीबासी हुन पुग्यौ । हाम्रो कर्णाली अभाव, गरिवी, भौगोलिक विकटता सबै कुराले भरिएको छ । कर्णाली प्रदेशको राजाधानी सुर्खेत हुन कुनै दुईमत नै रहेन सबै कुराहरुलाई मध्यनजर गर्दा राजधानीकोलागि सुर्खेत भन्दा अरु कर्णालीका कुनै जिल्ला राजधानी हुनकालागि उपयुक्त छैन् । हुनत संघीय संरचना भन्दा अघी पाँच विकास मध्यको मध्यपश्चिमको सदरमुकाम पनि सुर्खेत नै थियो ।
सुर्खेत । विकास क्षेत्रको सदरमुकाम हुने वेला देखि नै चर्चामा नै रहने गर्यो त्यस्तै चर्चा अहिले प्रदेश राजधानी भएपछि झन चुलिएको छ । राजधानी भएपछि जुनकिसिमको सेवासुविधा जनताले उपभोग गर्न पाउनुपर्ने हो त्यो उपभोग गर्न यहाँका जनताले पाएका छैनन् । सबैभन्दा ठूलो कुरा भनेको मानिसको स्वास्थ्य हो । तर अझैपनि यो क्षेत्र राजधानी भए संगै फस्टाउनुपर्ने हो तर फस्टाउन सकेको छैन् ।
जिल्लामा रहेको अस्पताललाई समयक्रम संगै प्रदेश अस्पतालमा रुपान्तरण गरियो तर प्रदेश अस्पतालमा एउटा सुविधासम्पन्न एम्बुलेन्स छैन् । हिजो मात्र सुर्खेतको पश्चिममा विद्यार्थी बोकेको एउटा ट्याक्टर दुर्घटना भयो । दुर्घटनामा २ जना गम्भीर घाइते भए । जसमध्य १ जनालाई समाजसेवी स्वास्थकर्मी महेन्द्रबहादुर थापाले बचाउनकालागि पर्नुभयो ।
घाईतेको उपचार प्रदेश अस्पतालमा जटिलता भएपछि कोहलपूर रिफर गरिएको थियो । घाईतेलाई थापा आफैले एम्बुलेन्समा लिएर जानुभयो । थापा भन्नुहुन्छ । हामी प्रदेश राजधानीबासी हौ तर हाम्रो प्रदेश अस्पतालमा एउटा सुविधासम्पन्न एम्बुलेन्स छैन् । यहाँबाट विरामीलाई रिफर गर्ने भनेको कोहलपूर नेपालगंज हो । एम्बुलेन्समा विरामी जाँदा भगवान भरोसा बाहेक अन्य सुविधा एम्बुलेन्स दिन सक्दैन् । आइएनएफमा एउटा सुविधायुक्त एम्बुलेन्स त छ तर सबैको पहुँचमा गाह्रो छ । यस्तो अवस्थामा राजधानीबासी भनेर गर्व गर्न व्यर्थ जस्तो लागेको थापा बताउनुहुन्छ ।
यहाँ सरकार अनावश्यकरुपमा महङ्गो गाडी खरिद गरेर विलासिता प्रदर्शन गरेको हुन्छ तर जनताकालागि आवश्यक गुणस्तरीय एम्बुलेन्स खरिद गर्न कसैको ध्यान जाँदैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । पहिले भन्दा अहिले हाम्रो सुर्खेतमा डाक्टरहरु धेरै हुन्हुन्छ यो गर्व गर्न लायकको विषय हो तर सिमित श्रोतसाधनले गर्दा विरामी बाहिर जानुपर्ने बाध्यता हामी प्रदेश बासीले भोग्नु परिरहेको छ । म अस्पतालको सेवापछि पनि कत्तीपनि नथाकी दुखीगरिव विरामीको सेवामा खट्छु जस्मा मलाई आत्मासन्तुष्टी मिल्छ । समाजसेवी थापा भन्नुहुन्छ ।




Milan Shrestha । १२ मंसिर २०७६, बिहीबार ०९:३१ बजे