चटक्कै मायाको गीतको भिडियो सार्वजनिक


साउन,०२ सुर्खेत । चटक्कै माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नयन अधिकारीको शब्द,संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत चटक्कै माया मारेर को म्युजिक भिडियोमा मोडल शिरिश श्रेष्ठ र दिक्षा अधिकारी माथी छायाकन गरिएको छ ।चर्चित गायक स्वरुप राज आचार्यको आवाज रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल शिरिश र दिक्षाको माया प्रेम र रोमाञ्स देखाइएको छ ।गोदावारी पार्कको रमणिय स्थलमा छायाकन गरिएको उक्त गीतको भिडियो बाट मोडल शिरिश निकै आशाबादी रहेको र आफुले गर्दै आएको ब्यापारी पेशा बाट केहि समय निकालेर गीत संगीत को क्षेत्र मा निरन्तरता दिइराख्ने पनि बताएका छन ।त्यसै गरी मोडल दिक्षा अधिकारीले पनि आफ्नो पहिलो म्युजिक भिडियो राम्रो बनेको र यस म्युजिक भिडियो बाट आफु निकै आशाबादी रहेको बताएकी छिन ।गीतको भिडियो मा छाँयाकार नबिक के श्रेष्ठ को छाँयाकन,किरन गिरी को सम्पादन र रत्न जोशीको निर्देशन रहेको छ ।
साभारःनेपाली रजतपट ।